Lumbini Proviancial Government
Ministry of Forests and Environment
Forest Directorate
Division Forest Office, Bardiya
Gulariya, Bardiya
बर्दिया नेपालको लुम्बिनी प्रदेशको १२ जिल्ला मध्येको एक हो । साविकको भेरी अञ्चलको दक्षिण पश्चिममा पर्ने बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्न भण्डारको रूपमा पनि चिनिन्छ। यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तरी प्रदेश पर्दछ। कुल क्षेत्रफल २०२५ वर्ग किलोमिटर मध्ये अधिकांस भू-भाग (६८.७६%) तराईको समतल जमिनले ओगटेको छ भने बाँँकी भाग (३१.२७%) चुरे पर्वत पर्दछ। पहिले आदिवासी थारुहरूको बाहुल्यता रहेको यो जिल्लामा पछिल्ला दिनहरूमा वाह्य जिल्लाहरूबाट बसाई सराई गरी आउनेको भिडले गर्दा जातीय विविधता रहेको छ।
प्रधानमन्त्री श्री ३ जङ्गको समयमा कञ्चनपुर नयाँ मुलुकको रूपमा नेपाललाई हस्तान्तरण गरिएको थियो। सन् १८६० को सन्धि पछि मात्र यो क्षेत्र अर्थात कैलाली, कञ्चनपुर, बाँके र बर्दिया नयाँ मुलुकको रूपमा नेपालको अङ्ग भएको हो। विसं १९१४मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले ईष्ट ईण्डीया कम्पनीलाई सहयोग गरेवापत विसं १७७३को सुगौलीसन्धिबाट गुमेको भू-भाग मध्ये पुरस्कारस्वरूप विसं १९१७मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता आएकोले बर्दिया लगायतका चार जिल्लाहरूलाई नयाँ मुलुकको रूपमा चिनिन्छ। बर्दिया जिल्ला बढैया तालको जिल्ला, गजराज हात्तिको जिल्ला, थारु बहुलको जिल्ला, जङ्गलै जङ्गलको जिल्ला, कृष्णसारको जिल्ला, पन्टुन पुलको जिल्ला तथा एक खम्बे पुलको जिल्लाको आदि नामले पनि परिचित छ।
जिल्लाको नामाकरण
यस जिल्लाको नाम बर्दिया रहनुको पछाडी विभिन्न जनश्रुति धार्मिक एवं पौराणिक आख्यानहरू रहेको पाइन्छ। ती मध्ये केही यस प्रकार छन -